काठमाडौं । नेकपा एमालेले पार्टी कार्यालय राख्नका लागि घर खोज्न सुरु गरेको छ । जेनजी आन्दोलनकारीले च्यासलको पार्टी कार्यालय तोडफोड र आगजनी गरेर ध्वस्त पारेपछि एमालेले केन्द्रीय कार्यालय राख्ने घर खोज्न थालेको हो ।
एमाले केन्द्रीय कार्यालयका सचिव डा। भिष्म अधिकारीले आन्दोलनकारीले कार्यालयमा आगजनी र तोडफोड गरेर ध्वस्त भएकाले बैठक बस्न र पार्टीका अन्य गतिविधि समेत सञ्चालन गर्न मिल्ने अवस्था नभएकाले नयाँ भवनको खोजी थालिएको जानकारी दिए ।
आन्दोलनकारीले केन्द्रीय कार्यालयसहित प्रदेश तथा जिल्ला पार्टी कार्यालय समेत आगजनी र तोडफोड गरेको एमालेले जनाएको छ । एमाले नेताहरुका अनुसार नेता कार्यकर्ताहरूले काठमाडौँ र ललितपुरमा केही भवनहरू कार्यालयका लागि हेरेका छन । तर, टुङ्गो भने लागिसकेको छैन ।
प्रतिक्रिया