काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले केन्द्रदेखि जिल्लासम्म पार्टीको संरचना भंग गर्ने प्रस्ताब गरेका छन् । उनले मंसिरमै विशेष महाधिवेशन गरेर नयाँ नेतृत्वमा चयन गर्नका लागि यस्तो प्रस्ताब गरेका हुन् । आज पार्टी मुख्यालय पेरिसडाडामा बसेको केन्द्रीय पदाधिकारीको बैठकमा केन्द्रदेखि जिल्लासम्मका सबै पार्टीका संगठनिक संरचनाहरू भत्काएर भत्काएर नयाँ संरचना बनाउनुपर्ने बताएका हुन् ।
‘केन्द्रीय कमिटी पनि भंग गरेर महाधिवेशन आयोजक समिति बनाऔं । त्यसैगरी प्रदेश जिल्ला र स्थानीय कमिटीहरू पनि सबै भंग गरेर सांगठनिक नयाँ संरचनामा अघि बढाऔं,’ उनले बैठकमा भनेका छन् ।
महाधिवेशनले नै खुला लोकतान्त्रिक ढंगले पार्टीको नेतृत्व चयन गर्ने उनको प्रस्ताव छ । उनले केन्द्रीय पदाधिकारी बैठकमा घोषित निर्वाचनमा होमिनुको विकल्प नभएको भन्दै निर्वाचनको तयारीमा लाग्नुपर्ने प्रस्ताव पेस गरेका छन्। अब निर्वाचनमै जान उपयुक्त हुने पनि दाहालको भनाइ छ ।
प्रतिक्रिया