काठमाडौं । तनहुँमा १४ वर्षीया बालिकालाई जबरजस्ती बलात्कार गरेको अभियोगमा भानु नगरपालिका–३ तुरतुरेस्थित श्रेष्ठ मेडिकलमा कार्यरत सिराहा लहान नगरपालिका– १२ घर भएका ४१ वर्षीय सुमित शाहलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
सुमितले ती बालिकालाई सोही मेडिकलमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी तुरतुरेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस्तै पाल्पामा २२ वर्षीया महिलालाई जबरजस्ती बलात्कार गरेको अभियोगमा रामपुर नगरपालिका–५ रानाटोल बस्ने २० वर्षीय अशिल श्रेष्ठ र सोही नगपालिका–४ दधरान बस्ने २० वर्षीय प्रबेस मल्ललाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । उनीहरूले ती महिलालाई जबरजस्ती बलात्कार गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया