काठमाडौं । ११ वर्षीया बालिकालाई जबरजस्ती बलात्कार गरेको अभियोगमा कागेश्वरीमनोहरा नगरपालिका–४ बस्ने रामेछाप घर भएका २१ वर्षीय हिरा तामाङलाई बिहीबारदिउँसो प्रहरीले पक्राउ गरेको छ । हिराले ती बालिकालाई जबरजस्ती बलात्कार गरेको भन्ने उजुरीको आधारमा प्रहरी प्रभाग साँखुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस्तै धादिङमा १४ वर्षीया बालिकालाई जबरजस्ती बलात्कार गरेको अभियोगमा बेनीघाट रोराङ गाउँपालिका–३ ओरवाङ बस्ने ३२ वर्षीय जगत कोईरालालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । जगतले ती बालिकालाई जबरजस्ती बलात्कार गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेनीघाटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया