भारतीय समकक्षी मोदीले के भने प्रधानमन्त्री कार्कीलाई ?

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र भारतीय समकक्षी नरेन्द्र मोदीबीच फोन वार्ता भएको छ।

आज उनीहरूबीच कुराकानी भएको हो । प्रधानमन्त्री कार्कीले भारतीय प्रधानमन्त्री मोदीसँग के–के विषयमा कुराकानी गरेको हो भन्नेबारे परराष्ट्र मन्त्रालयले विज्ञप्ति निकालेर जानकारी गराउँदैछ ।

भारतीय प्रधानमन्त्री मोदीले भने नेपालको अन्तरिम प्रधानमन्त्री कार्कीसँग आत्मीय कुराकानी भएको बताएका छन्।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत हालै भएको आन्दोलनमा मृत्यु भएकाहरूप्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना व्यक्त गर्दै शान्ति र स्थिरता पुनर्स्थापित गर्ने नेपालको प्रयासप्रति भारतको दृढ समर्थन रहेको बताएका छन्।

उनले संविधान दिवसको पनि शुभकामना दिएका छन्।

कार्कीको शपथग्रहणलगत्तै राति नै भारतको विदेश मन्त्रालयले सबभन्दा पहिला बधाई र शुभकामना दिएको थियो। पछि भारतीय प्रधानमन्त्री मोदीले मणिपुरको एक सम्मेलनमा बोल्ने क्रममा नेपालको उदाहरण दिएका थिए।