अमेरिकामा गोली चल्दा तीन प्रहरीको मृत्यु

काठमाडौं । अमेरिकाको पेन्सिलभेनियामा भएको गोलीकाण्डमा तीन जना प्रहरी अधिकारीको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।

अनुसन्धानका क्रममा प्रहरीमाथि आक्रमण भएको र जवाफी कारबाहीमा आक्रमणकारी मारिएको प्रहरीले जनाएको छ।

गोलीकाण्डपछि नजिकैका विद्यालय अस्थायी रूपमा बन्द गरिएका छन् र विद्यार्थीलाई सुरक्षित स्थानमा सारिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको अधिकारीहरूले बताएका छन्।