काठमाडौँ । बाग्मती प्रदेशका सभामुख भुवनकुमार पाठकले राजीनामा दिएका छन् । सामाजिक सञ्जालबाट राजीनामा घोषणा गरेका सभामुख पाठकले ह्वाट्स एपमार्फत आधिकारिक पत्र पठाएका हुन् । उनले उपसभामुख अप्सरा चापागाईलाई ह्वाट्स एपमार्फत पत्र पठाएर राजिनामा दिएका हुन् ।
सभामुख पाठकले नेपालको संविधान र प्रदेशसभा नियमावली, २०७४ बमोजिम उपसभामुख समक्ष आज आफ्नो राजीनामा पत्र पठाएका हुन् ।
गत भदौ २३ गते भ्रष्टाचारविरुद्ध र सुशासनको पक्षमा भएको प्रदर्शनमा अस्वाभाविक बल प्रयोगबाट भएको मानवीय क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै भदौ २४ गते नै सामाजिक सञ्जालमार्फत राजीनामाको घोषणा गरेका थिए ।
राजीनामा घोषणा गरे पनि उनले औपचारिक पत्र भने पठाएका थिएनन् । पाठकले तत्कालीन समयमा प्राविधिक कारणले कानुनी प्रक्रिया पूरा गर्न अनुकूल नभएकाले पत्र नबुझाएको बताए । सबै प्रक्रिया पुरा गरेर आज औपचारिक रूपमा राजीनामा पत्र बुझाएको उनले बताए ।

प्रतिक्रिया