सुनको मूल्य फेरी बढ्यो

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य फेरी बढेको छ। अघिल्लो दिनको तुलनामा प्रतितोला एक हजार ९ सय रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो।

हिजो सोमबार दुई लाख १५ हजार दुई सय रूपैयाँमा कारोबार भएको सुन मंगलबार दुई लाख १७ हजार एक सय रूपैयाँ पुगेको हो।

त्यस्तै, मंगलबार चाँदीको मूल्य पनि प्रतितोला २० रूपैयाँले बढेको छ। सोमबार दुई हजार पाँच सय ७५ रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार दुई हजार पाँच सय ९५ रूपैयाँ पुगेको महासंघले जनाएको छ।