जेनजी आन्दाेलनकाे छानबिन गर्न उच्चस्तरीय जाँचबुझ समिति बनाईने

काठमाडौं । सरकारले जेनजी प्रदर्शनका क्रममा भएका घटनाहरूको निष्पक्ष छानबिन गर्न उच्चस्तरीय जाँचबुझ समिति बनाउने निर्णय गरेको छ।

आज बसेको नयाँ मन्त्रिपरिषद बैठकले पूर्वन्यायाधीशको नेतृत्वमा जाँचबुझ समिति बनाउने सैद्धान्तिक निर्णय गरेको गृह तथा कानुन मन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।

तर संरचनाबारे टुङ्गो लाग्न भने बाँकी रहेको उनले जानकारी दिए ।