उर्जामन्त्री घिसिङको पहिलो निर्णयः विद्युत् प्राधिकरणको वक्यौता बापतको रकम उठाउने

काठमाडौं । नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले पदभार ग्रहण गर्दै पहिलो निर्णय समेत गरेका छन् ।

मन्त्री घिसिङले विद्युत् प्राधिकरणको वक्यौता बापतको रकम उठाउने पहिलो निर्णय गरेका हुन् ।

साथै ऊर्जामन्त्री घिसिङले खादामाला तथा अबिर केही पनि नलिने घोषणा समेत गरेका छन् ।

ऊर्जामन्त्री कुलमान घिसिङले तलबभत्ता,सुरक्षालगायत सुविधा नलिने भएका छन् । उनले आफूले प्राप्त गर्ने तलबभत्ता सहिद परिवारको नाममा बनेको कोषमा जम्मा गर्ने बताए ।

त्यस्तै उनले आफूलाई माननीय नभन्न समेत आग्रह गरेका छन् ।