जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुलाई राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिने

काठमाडौं । जेनजीको आन्दोलनको क्रममा ज्यान गुमाएकाहरुलाई राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ ।

नवनियुक्त गृहमन्त्री तथा कानुन न्याय तथा संसदीय मामिला मन्त्री ओमप्रकाश अर्यालले आज पदभार ग्रहण गर्दै प्रदर्शनका क्रममा निधन भएकाहरूलाई सहिद घोषणा गर्दै राष्ट्रिय सम्मानसहित अन्त्येष्टि हुने बताएका हुन् ।

आन्दोलनका क्रममा घाइते भएकाहरुको राज्यले निःशुल्क उपचार गर्ने र पीडित पक्षको माग सम्बोधन गरिने मन्त्री अर्यालले बताए । आन्दोलनका क्रममा गल्ती गर्नेले गल्ती महसुस गर्नुपर्ने र उद्दण्डता मच्चाउनेलाई नागरिक स्तरबाट प्रमाण जुटाएर कारबाही गरिने मन्त्री अर्यालको भनाई छ ।