संसद भवनबाट लुटिएको समाग्री फिर्ता गर्न संसद सचिवालयको आग्रह

काठमाडौं । जेनजी आन्दोलनको क्रममा संसद भवनबाट लुटिएका सामग्री फिर्ता गर्न संसद सचिवालयले आग्रह गरेको छ ।

यही २४ गते जेनजीको आवरणमा अराजक समूहले नयाँ बानेश्वरस्थित संसद भवन छिरेर आगजानी, तोडफोड तथा लुटपाट गरेको थियो ।
आगजनी र लुटपाटबाट खण्डहर बनेको संसद भवनबाट लुटिएका सामग्री फिर्ता गर्न संसद सचिवालयले आग्रह गरेको हो ।

सचिवालयले आज एक सूचना जारी गर्दै सोक्रममा भवनका टेबल, कुर्सी, कम्प्युटर, प्रिन्टर, स्क्यानर, क्यामेरा, टेलिभिजन, मोनिटर, माइक, मिक्स्चर, स्पिकर, फोटोकपी मेसिन, विद्युतीय उपकरणलगायतका मालसामानहरू अनधिकृत व्यक्तिले लगेको जनाउँदै उक्त सामान फिर्ता गर्न आग्रह गरेको हो ।

ती सामान आफूसँग भए फिर्ता गर्न र सामान रहेको स्थान तथा व्यक्तिको नाम ठेगाना जानकारी भए सूचना दिएर सहयोग गर्न आग्रह गरिएको छ । मालसामानहरू लुटेर लगेको भिडिओ भए उपलब्ध गराउन भन्दै सबुद दिनेको नाम गोप्य राखिने सूचनामा उल्लेख छ ।