काठमाडौं । नवनियुक्त तीन मन्त्रीलाई आज शपथ हुँदैछ ।
राष्ट्रपतिको कार्यालयले दिएको जानकारीअनुसार नवनियुक्त मन्त्रीहरूलाई आज बिहान ११ः३० बजे शपथ खुवाइने भएको हो ।
हिजाे(आइतबार) ओमप्रकाश अर्याल, रामेश्वर खनाल र कुलमान घिसिङ मन्त्री नियुक्त गरिएका थियो ।
प्रधानमन्त्री सुशीला कार्कीले अधिवक्ता एवं अधिकारकर्मी ओमप्रकाश अर्याललाई गृहका साथै कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, पूर्वअर्थसचिव रामेश्वर खनाललाई अर्थ मन्त्रालय र कुलमान घिसिङलाई तीनवटा मन्त्रालय भौतिक पूर्वाधार तथा निर्माण मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र सहकारी विकास मन्त्रालयको जिम्मेवारी दिएकी हुन् ।
जेनजी आन्दोलनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सरकार ढलेपछि शुक्रबार कार्की प्रधानमन्त्रीमा नियुक्त भएकी हुन् ।
जेनजी आन्दोलनमा ७२ जनाको मृत्यु भएको थियो भने कैयौँ घाइते भएका छन् ।
प्रतिक्रिया