डुबेर मृत्यु

रूपन्देही । तिलोत्तमा नगरपालिका-१७ जमुहानी बस्ने दिनेश थारूकी छोरी ३ वर्षीया आइसा थारूको आफ्नै घर पछाडि रहेको कुलोमा डुबेर शनिबार साँझ मृत्यु भको छ ।

डुबेर अशक्त भएकी उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।