६ महिनामा कार्यभार पूरा गरेर बिदा हुन्छुः प्रधानमन्त्री कार्की

काठमाडौं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले ६ महिनामा आफ्नो कार्यभार पूरा गरेर बिदा हुने बताएकी छिन् । उनले आफू ६ महिनाभन्दा बढी पदमा नबस्ने अठोटका साथ काम गर्ने बताएकी हुन्। ​आफ्नो टिमले ६ महिनाभित्र पाएको जिम्मेवारी पुरा गरेर जिम्मेवारीमुक्त हुने पनि उनले बताइन्।

जेन–जी आन्दोलनपछि अन्तरिम सरकारका प्रधानमन्त्री बनेकी कार्कीले आज पदभार ग्रहण गर्दै यस्तो बताएकी हुन्। साथै यसका लागि उनले सबैको सहयोग पनि मागिन्।

ुजुन परिस्थितिमा म आएँ, रहरले होइन। जतातैबाट मलाई जिम्मेवारी दिने आवज आयो। सेवा गर्न पाइन्छ भने किन नगर्ने भनेर आएँ। मेरो जुन टिम छ, काम सुरु गरिसकेका छौँ। सत्ताको, पदका रस्वासादन गर्न आएको होइन, उमेर पनि होइन,ु प्रधानमन्त्री कार्कीले भनिन्, ुसक्दो हामीले ६ महिना अवधि, त्योभन्द बढी नबस्ने। कुनै हालतमा आफ्नो काम गरेर नयाँ आउने संसदलाई जिम्मेवारी सुम्पने अठोट गरेका छौँ। यसमा यहाँहरूको साथ नपाइ सम्भव छैन।