जेन-जी आन्दोलनमा मृत्यु भएकालाई शहिद घोषणा, परिवारलाई दश लाख दिईने

काठमाडौं । जेन-जी आन्दोलनका क्रममा मृत्यु भएकालाइृ हिद घोषणा गर्ने सरकारले निण्र्ढाय गरेको छ । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले ​जेन–जी आन्दोलनमा मृत्यु भएकाहरूलाई शहीद घोषणा गर्ने र प्रत्येकका परिवारलाई १० लाख रुपैयाँको दरले राहत दिने पहिलो निर्णय गरेकी हुन्।

आज पदभार ग्रहण गरेकी उनले यो निर्णयमा हस्ताक्षर गरेकी छन् ।

हालसम्म आन्दोलनमा प्रदर्शनकारी ५९ जना, कैदीबन्दी १० जना र सुरक्षाकर्मी ३ जना गरी ७२ जनाको ज्यान गएको छ । १३४ जना प्रदर्शनकारी र ५७ जना प्रहरी घाइते भएका छन् ।