काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पुनः कारागार फर्केका छन् ।
केही दिनअघि जेनजी आन्दोलनका क्रममा रिहा भएका उनी आज स्वैच्छिक गिरफ्तारी दिएर जेल फर्केका हुन् ।
रविलाई रास्वपाका कार्यवाहक सभापति डीपी अर्यालले कारागारसम्म साथ दिए। जानुअघि रविले फेसबुक लाइभमा बोल्दै आफ्नो जन्मदिनमा कारागार जान लागेको बताएका थिए ।
आफ्नो कारणले देशभरका कैदीहरु जेलबाट भागेको भनेर बदनाम गर्न खोजिएको रविको गुनासो छ ।
प्रतिक्रिया