प्रधानमन्त्री कार्की घाइते भेट्न अस्पतालमा

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की जेनजी युवाहरूको प्रदर्शनमा घाइते भएका युवाहरूलाई  भेट्न अस्पताल पुगेकी छन् ।

हिजो(शुक्रबार) राति प्रधानमन्त्रीमा नियुक्त भएकी कार्की वीर अस्पतालको ट्रमा सेन्टर अनि बानेश्वरको सिभिल अस्पतालमा उपचाररत घाइतेहरूलाई भेट्न पुगेकी हुन्की हुन् ।
उनले आन्दोलनकारीको आक्रमणमा क्षतिग्रस्त भएका केही प्रहरी चौकीहरूको पनि अनुगमन गर्ने कार्यक्रम रहेको बुझिएको छ ।

त्यसपछि उनले जेनजी आन्दोलनका क्रममा आगजनी भएको कोटेश्वरस्थित प्रहरी चौकी र महाराजगञ्जको प्रहरी वृत्तको पनि निरीक्षण गर्ने छिन् । प्रदर्शनकारीहरुको आगजनीमा कोटेश्वरमा केही प्रहरीको मृत्यु भएको थियो ।

जेनजी आन्दोलनमा अहिलेसम्म ५१ जनाको ज्यान गएको छ । सयौं घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ ।