आम निर्वाचनम तोकिएकै मितिमा हुनुपर्छः नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आम निर्वाचन तोकिएकै मितिमै सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन् ।

उनले आन्दोलनका क्रममा भएको नरसंहार र संरचना ध्वंस घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने, भ्रष्टाचारीको सम्पत्ति राष्ट्रियकरण गर्ने तथा सुशासन कायम गर्नुपर्ने माग राखेका छन् ।

साथै राष्ट्रिय सार्वभौमिकता, संविधान र लोकतन्त्रको रक्षा गर्न सबै सचेत रहनुपर्ने उनले आग्रह गरेका छन् ।