जेनजी आन्दोलनमा मृत्यु भएका दुईको दाहसंस्कार

बाँके । ‘जेनजी’ आन्दोलनको क्रममा काठमाडौँमा ज्यान गुमाएका नेपालगञ्जका दुई युवकको आज दाहसंस्कार गरिएको छ।

नेपालगञ्ज उपमहानगरपालिका–१ धम्बोझी निवासी सुलभराज श्रेष्ठ र आयुष थापाको पार्थिव शरीरलाई नगर परिक्रमा पछि राप्ती नदीको सिधनियाघाटमा दाहसंस्कार गरिएको हो।

सुलभराज र आयुषको शव हिजो(शुक्रबार) नेपालगञ्ज ल्याइएको हो। नेपालगञ्ज उपमहानगरपालिका–१ धम्बोझी निवासी १९ वर्षीय आयुष थापा र २३ वर्षीय सुलभराज श्रेष्ठको आन्दोलनका क्रममा प्रहरीले प्रहार गरेको गोली लागेर गत सोमबार निधन भएको हो। फिनल्यान्ड जाने तयारीका निम्ति आयुष काठमाडौं गएका थिएभने सुलभराज काठमाडौंको कान्तिपुर इञ्जिनियरिङ कलेजमा सिभिल इन्जिनियरिङका विद्यार्थी थिए।