देशैभर सार्वजनिक यातायात चल्न थाल्यो

काठमाडौं । जेनजीको आन्दोलनका कारण ठप्प हुन पुगेको सार्वजनिक यातायात आजदेखि पूर्ण रुपमा संचालनमा आएको छ । जेनजी आन्दोलन मत्थर भएर नयाँ सरकार बनेसँगै आजदेखि सार्वजनिक यातायात सञ्चालनमा आएको हो ।

सोमबारदेखि सुरु भएको जेनजी आन्दोलन भड्किएर मंगलबारदेखि तोडफोड र आगलागी बढेपछि यातायात व्यवसायीहरुले यातायात पूर्ण रूपमा बन्द गरेका थिए ।

देशको अवस्था सामान्य बन्दै गएपछि आजदेखि स्थानीय सरकारसँगको समन्वयमा यातायात चालू गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बताए ।

साथै आजदेखि देशभर लामो र छोटो दुरीका यातायात सञ्चालन भएका छन् । यससँगै जनजीवन सामान्य हुन थालेका छन् ।