सेन्ट्रल जेलबाट भागेका कैदी गेष्ट हाउसबाट हाम फाले

काठमाडौं । जेन–जी प्रदर्शनका क्रममा जेलबाट भागेका एक जनाले हामफालेर आत्महत्या गरेका छन् । उनी पुनः प्रहरी फन्दामा पर्ने डरले गेष्ट हाउसबाट हामफालेको बताइन्छ ।

आन्दोलनको मौका छोपेर काठमाडौंको सुन्धारास्थित सेन्ट्रल जेलबाट भागेका८३ वर्षीय नेदरल्याण्डका हेनरिकस एड्रियनस लोसफसले गेष्ट हाउसमा प्रहरी पुगेपछि हामफालेका हुन् । प्रहरीका अनुसार जेलबाट भागेपछि उनी सुन्धाराकै सुविधा गेष्ट हाउसमा बसेका थिए ।

शनिबार बिहान प्रहरीको टोली त्यहाँ पुगेपछि हाम फाल्दा हेनरिकसको घटनास्थलमै निधन भएको प्रहरीले जनाएको छ ।