जेनजी आन्दाेलनमा ज्यान गुमाउनेमध्ये चारकाे अन्त्यष्टि

काठमाडौं ।जेनजी आन्दाेलनकाे क्रममा ज्यान गुमाएका मध्ये चार जनाको अन्त्येष्टि आज पशुपति आर्यघाटमा गरिएको छ ।

त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टमपछि अभिभावकहरुले पशुपति आर्यघाट लगेर अन्त्येष्टि गरेका हुन् । अन्तिम बिदाइको क्रममा अभिभावक र आफन्त भावविह्वल थिए ।

जेनजी प्रदर्शनको क्रममा हालसम्म ज्यान गुमाउनेको संख्या ५१ पुगेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । जसमा ३ प्रहरी, एक भारतीय महिला र ९ जना कैदीसमेत हो ।  आगजनी भएका विभिन्न भवनमा शव भेटिने क्रम नरोकिएको हुँदा मृतकको संख्या बढ्न सक्ने प्रहरीको अनुमान छ ।