संसद भवन गेटमा आन्दाेलनकारीले लगाए आगाे

काठमाडौं । बानेश्वरमा जेन–जी प्रदर्शनमा क्रममा दुई जनाको मृत्यु भएपछि आन्दोलन थप उग्र बनेको छ। अहिले प्रदर्शनकारीले विभिन्न ठाउँमा आगजनी समेत गरिरहेका छन्। उनीहरूले संसद भवनको गेट अगाडि आगजनी गरेका छन।

जेन–जी प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर दुई जनाको मृत्यु भएको छ । घाइते हुनेहरूको संख्या १३० भन्दा बढी पुगेको छ। अस्पतालका निर्देशक डा. मोहनचन्द्र रेग्मीका अनुसार घाइतेहरूको संख्या १३० भन्दा बढी पुगेको हो। त्यसमध्ये १० जना प्रहरी रहेका छन्।