बालिकालाई ठक्कर दिने मन्त्रीको सवारी चालक पक्राउ

काठमाडौं । हिजो शनिबार ललितपुरको हरिसिद्धिमा कोशी प्रदेश सरकार आर्थिक मामिला तथा योजनामन्त्री राम राना सवार गाडीले बालिकालाइृ ठक्कर दिएको थियो । सोही प्रकरणमा गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मन्त्री राना सवार गाडीको ठक्करबाट ११ वर्षीया बालिका घाइते भएपछि ललितपुर प्रहरीले चालक चन्द्रनारायण चौधरीलाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी परिसर ललितपुरका एसपी चक्रराज जोशीले दुर्घटनापछि सो गाडीका चालक चौधरीलाई नियन्त्रणमा लिएर प्रहरी प्रभाग बाँडे गाउँमा राखिएको जानकारी दिए ।

ललितपुरको गोदावरीमा नेकपा ९एमाले० को विधान महाधिवेशनमा सहभागी हुन जाँदै गरेका रानाको गाडीले बालिकालाई ठक्कर दिएर भागेको थियो ।

गाडीको ठक्करबाट सामान्य घाइते भएकी बालिका बीएण्डबीमा उपचारपछि अस्पतालबा डिस्चार्ज भइसकेकी छन् ।