काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य तोलामा १६ सयले बढेर नयाँ किर्तिमान कायम भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन तोलाको १६ सयले बढेर तोलाको २ लाख १२ हजारमा कारोबार भइरहेको छ।
यसअघि शुक्रबार सुन तोलाको २ लाख १० हजार ४ सयमा कारोबार भएको थियो। यो सुनको अहिलेसम्मकै उच्च मूल्य हो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। महासङ्घका अनुसार आज चाँदी तोलाको १० रुपैयाँले बढेर २५०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि शुक्रबार चाँदी तोलाको २४९० मा कारोबार भएको थियो।
प्रतिक्रिया