देउवाको फेसबुक पोष्टमा बालेनको टिप्पणी– सोधे कुन भिपीएनबाट हो?

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको फेसबुक पोष्टमा काठमाडौं महानगरका मेयर बालेन शाहले व्यंग्यात्मक टिप्पणी गरेका छन् ।

देउवाले ‘सुनसरीको भोक्राहा नरसिंह गाउपालिकामा नेपाल उराँव संघको स्थापन दिवस तथा करम पूजा कार्यक्रमलाई सम्बोधन गरेको छु’ भन्दै राखेको पोष्टमा बालेनले व्यंग्यात्मक कमेन्ट गरेका हुन् ।

उनले यो पोस्ट कुन भिपीएनबाट हो भन्दै व्यंग्यात्मक टिप्पणी गरेका हुन् । ‘यो Post कुन VPN बाट हो, नेपाली हो कि बिदेशी,’ बालेनले लेखेका छन्, ‘सारै गारो हुने रहेछ खउल बाट चलाउन त ! ! !’

सरकारले नेपालमा दर्ता नभएका फेसबुक लगायत सामाजिक सञ्जाल बन्द गरेसँगै उक्त निर्णयको चौतर्फी विरोध भइरहेको छ । त्यसमा पनि सरकार साझेदार दलकै सभापतिले सरकारको निर्णय नमान्दै सामाजिक सञजालमा पोष्ट गरेपछि बालेनले व्यंग्यात्मक टिप्पणी गरेका हुन् ।