काठमाडौं । सरकारले सामाजिक सञ्जाल बन्द गरेको भन्दै त्यसको विरोधमा उत्रिएका पाँच जनालाई प्रहरीले पक्राउ गरेकाे छ। आज काठमाडौंको नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र अगाडि प्रर्दशनमा उत्रिएपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
युवाहरूको संस्था ‘युथ कंग्रेस नेपाल’द्वारा आयोजित प्रदर्शनका क्रममा सो संस्थाका महामन्त्रीसहित पाँचजना पक्राउ परेका हुन् । उनीहरूले मुखमा मास्क र त्यसमाथि कालो टेप लगाएर सांकेतिक रुपमा विरोधमा उत्रिएका थिए ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा ‘युथ कंग्रेस नेपाल’का महामन्त्री प्रभातकुमार ठाकुर, कोषाध्यक्ष विराज अर्याल, केन्द्रीय समिति सदस्यहरू सुजनराज गिरी र धिरज सञ्जेल, सदस्य आशिष शर्मा रहेका छन् ।
सामाजिक सञ्जालमाथि गरिएको प्रतिबन्धको विरोध गर्दै अभिव्यक्ति स्वतन्त्रता र लोकतन्त्रको रक्षा गर्नु आफूहरूको उद्देश्य रहेको उनीहरुले बताएका छन् । संस्थाले पक्राउ परेका सबैलाई बिना शर्त रिहाइ गर्न माग गरेको छ ।
प्रतिक्रिया