सरकारले गर्याे सामाजिक सञ्जाल बन्द गर्ने निर्णय, अब के हाेला ?

काठमाडौं । सरकारले सूचीकरणमा नआएका सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ। सरकारले सूचीकरण नगरेका फेसबुक, एक्स, लिंक्डइन, रेडिटलगायत ठूला सामाजिक सञ्जालहरू बन्द गर्ने निर्णय गरेको हो ।

सञ्चार मन्त्रालयको निर्देशनमा नेपाल दूरसञ्चार प्राधिकरणले बिहीबारदेखि प्रतिबन्ध कार्यान्वयन सुरु गर्दैछ। सर्वोच्च अदालतको आदेशपछि सरकार अनलाइन प्लेटफर्महरूलाई निगरानीमा ल्याउने प्रक्रियामा छ। टिकटक, भाइबर, विटक, निम्बज र पोपो लाइभ सूचीकृत भइसकेका छन् भने टेलिग्राम र ग्लोबल डायरी प्रक्रिया अन्तर्गत छन्

सरकारले सामाजिक सञ्जाल प्लाटफर्महरूलाई सात दिनभित्र अनिवार्य रूपमा सूचीकृत हुन दिएको समयसीमा बुधबार रातिदेखि सकिएको छ । तर, हालसम्म कुनै पनि ठूला प्लाटफर्म दर्ता प्रक्रियाका लागि मन्त्रालयको सम्पर्कमा आएका छैनन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार सूचीकृत भएका ५ वटा र सूचीकरणको प्रक्रियामा रहेका २ वटा बाहेक सबै सामाजिक सञ्जाल निष्क्रिय पारिनेछ ।

यससँगै के हाेला भन्ने बहस हुन थालेकाे छ ।