काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को सचिवालय बैठक आज बस्दैछ।
भोलिबाट शुरु हुने दोस्रो विधान महाधिवेशनको अन्तिम तयारी स्वरुप बैठक बोलाइएको हो।
बैठक अपरान्ह तीन बजेबाट पार्टी मुख्यालय च्यासलमा शुरु हुनेछ।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकमा एमालेको दोस्रो विधान महाधिवेशन प्रस्तुत गरिनेछ ।
बैठकमा राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव प्रतिवेदन र साङ्गठनिक प्रतिवेदनमाथि छलफल हुनेछ । गौतमलेका अनुसार तीन वटै प्रतिवेदन छलफल गरेर पारित गरेपछि विधान महाधिवेसन प्रस्तुत गरिनेछ ।
एमालेको दोस्रो विधान महाधिवेशन यही भदौ २० देखि २२ गतेसम्म हुनेछ । ललितपुरको गोदावरीस्थित सन्राइज सम्मेलन केन्द्रमा हुने विधान महाधिवेशनमा दुई हजार ३३ जना प्रतिनिधि र ३१७ जना अन्य गरीसहित दुई हजार ३५० जना सहभागी हुँदैछन्।
प्रतिक्रिया