दार्चुलामा । दार्चुलामा पाँच जना सवार अटो रिक्सा दुर्घटना भएको छ । जिल्लाको नौगाड गाउँपालिका ५ सौकेबगरमा अनियन्त्रित भएर यात्रु बाहक अटो रिक्सा होपरी खोलामा खसेको हो ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार अटो रिक्सा खोलामा खस्दा ११ वर्षीया बालिकाको मृत्यु भएको छ । अन्य २ जना यात्रु खोलामा बेपत्ता रहेका छन् । उनीहरूको खोजी भइरहेको छ । अटो रिक्सा खोलामा खसेपछि ३ जना बेपत्ता भएका थिए । तीन जनामध्ये बालिकाको शव भेटिएको हो ।
नौगाडबाट गोकुलेश्वरतर्फ गइरहेको म १ ख ११४८ नम्बरको अटो रिक्सा अनियन्त्रित भएर खोलामा खसेको हो । दुर्घटनामा अटो चालक नौगाड गाउँपालिका ६ का मनिराम भुल र उनका छोरा आयुस भुल घाइते भएका छन् । अटो रिक्सामा चालकसहित ५ जना सवार थिए।
प्रतिक्रिया