काठमाडौ । बारामा दुई मोटरसाइकल ठोकिँदा दुई जनाको मृत्यु भएको छ । हिजाे साँझ जितपुरसिमरा उपमहानगरपालिका–२ मा बा ९० प ६७९४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा प्र ०६–००३ प१७५३ नम्बरको मोटरसाइकल आपसमा ठोकिँदा दुर्घटना भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका रौटहतको गुजरा नगरपालिका–७ का २५ वर्षीय रोशन चौधरी र सप्तरीको बसवलपुर नगरपालिका–७ का २८ वर्षीय महेश पण्डितको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको रहेका बारा प्रहरीका नायब उपरीक्षक प्रहरी प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।
दुर्घटनामा रौतहट परासवा निवासी ३४ वर्षीय भूपेन्द्र चौधरी घाइते छन् । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया