राैतहट । रुबी साहकाे हत्याआराेपी व्यक्ति आफ्नै शरिरमा आगाे लगाएकाे अवस्थामा भेटिएका छन् ।
गएको ७ गते साहको हत्या गरी सुटकेसमा राखिएको सब गौर नगरपालिका ९ मुडबलवा जाने बाटोमा भेटिएपछि उनको हत्या आशंकामा प्रहरीले खोजी कार्य तीव्र पारेको थियो।
माधवनारायण नगरपालिका -६ माधोपुर भन्दा पश्चिम विशनपूर्वा मानपुर जाने बाटोमा रहेको आप बगैँचामा आफ्नै जिउमा आगो लगाएर आत्महत्या प्रयास गरेको अवस्थामा पक्राउ परेका हुन् । उनको शरीरको ३० प्रतिशत भाग जलेको अवस्थामा भेटिएको हाे।
उनको उपचारको लागि गौर स्थित प्रादेशिक अस्पतालमा भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। यसअघि सब व्यवस्थापन गर्न सहयोग पुर्याएको आरोपमा प्रहरीले ई रिक्साचालक राजकुमार महरालाई पक्राउ गरेको थियो। १३ वर्षअघि भारतको सितामढी जिल्ला बिहार राज्यको मजफतपुर रक्षा टोल निवासी शिवसागर साहसँग वैवाहिक बन्धनमा बाँधिएकी उनी छोराको अध्ययनका लागि रौतहटको गौरमा डेरा गरी बस्दै आएकी थिइन्।
उनको एक छोरा रहेका छन् । पासवानले उनको घरमै रहेको डेरामा हत्या गरी सुटकेसमा सब राखेर बिलय प्रयास गरेको अवस्थामा भेटिएपछि बुधबार पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय रौतडका प्रहरी नायब उपरीक्षक राजु कार्कीका अनुसार हत्या आरोपी पासवानले के कति कारणले आत्महत्या प्रयास गरेको त्यो अनुसन्धान भइरहेको बताए।
प्रतिक्रिया