काठमाडौं । निर्वाचन आयोगले मनाङको प्रदेशसभा क्षेत्र २ मा पनि कात्तिक १७ गते उपनिर्वाचन गर्ने तयारी गरेको छ । रूपन्देही प्रतिनिधिसभा क्षेत्र ३ मा पनि कात्तिक १७ मै उपनिर्वाचन मिति तोकिएको छ ।
२०७९ मंसिरमा भएको प्रदेशसभा क्षेत्र निर्वाचनमा मनाङ प्रदेशसभा क्षेत्र २ बाट स्वतन्त्र उम्मेदवार राजिव गुरूङ (दीपक मनाङे) निर्वाचित भएका थिए ।
चक्रे मिलनमाथि ज्यान मार्ने उद्योग गरेको मुद्दामा दीपक मनाङेलाई सर्वोच्च अदालतले जेल सजाय सुनाएपछि उनकाे सांसद पद गएकाे थियाे । सर्वोच्चले गण्डकी प्रदेशसभा सदस्यको हैसियतमा पदमा बस्न मनाङे अयोग्य रहेको फैसला गरेको थियो । त्यससँगै मनाङ प्रदेशसभा क्षेत्र २ रिक्त भएको हो ।
निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीका अनुसार रिक्त पदमा कात्तिक १७ गते नै उपनिर्वाचन गर्ने गरी दुई चार दिनभित्रै निर्णय गरिँदै छ ।
प्रतिक्रिया