बुटवल । नक्कली शैक्षिक प्रमाणपत्र बनाउने कार्यमा संलग्न रहेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का नेता हरिप्रसाद कँडेल पक्राउ परेका छन् । रास्वपाको बागमती प्रदेश प्रशिक्षण विभागका संयोजक कँडेललाई प्रहरीले चितवनबाटै पक्राउ गरेर रुपन्ेदही लगेको हो ।
रुपन्देही प्रहरीले गत साउन ३० गते बेलहिया बसपार्कस्थित होटल मुक्तिनाथ परिसरबाट ठूलो मात्रामा विभिन्न विश्वविद्यालयका नक्कली शैक्षिक प्रमाणपत्रसहित भारतको कानपुर नौबस्तीका २५ वर्षीय अभिषेक यादवलाई नेपाली तथा भारतीय विश्वविद्यालयका नक्कली कागजात र ती बनाउन प्रयोग हुने सामग्रीसहित पक्राउ गरेको थियो । यादवको बयानका आधारमा कँडेललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया