काठमाडौं । आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजोको तुलनामा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको हो।
आज सुन प्रतितोला एक लाख ९५ हजार २०० मा कारोबार भइरहेको छ। बिहीबार एक तोला सुन एक लाख ९४ हजार ८०० मा किनबेच भएको थियो।
यस्तै चाँदी प्रतितोला दुई हजार ३१० मा खरिदबिक्री भइरहेको छ। बिहीबार एक तोला चाँदी दुई हजार २९० मा किनबेच भएको थियो।
प्रतिक्रिया