काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आफू निरन्तर नेकपा एमालेको कार्यकर्ता भएर संघर्षरत रहने बताएकी छन् । आज थापागाउँमा सम्पर्क कार्यालयको उद्घाटन गर्दै भण्डारीले यस्तो भनेकी हुन् । उनले च्यासलले उठाएको सदस्यता सम्बन्धी प्रश्नको जवाफ पनि दिएकी छन् ।
‘मैले २०३७ सालमै मालेको सदस्य लिएँ, एमालेको सदस्यता लिएको नै ३५ वर्ष भयो । म अझै पनि एमालेकै कार्यकर्ता हुँ’, उनले भनिन् । राष्ट्रपति रहँदा देशले गौरव गर्नेगरी भूमिका निर्वाह गरेको दाबी गर्दै उनले आफू आलोचना बाहिर नरहेको बताइन् । ‘जनताको बहुदलीय जनवादको मर्मअनुसार एमालेले काम गर्न सके कि सकेन भन्ने अब समीक्षा हुनुपर्छ,’ उनले भनिन् ।
उनले २०५० सालदेखि निरन्तर सरकारमा सहभागी हुँदै आएको एमालेले पार्टीको नीति र जनअपेक्षा अनुसार काम गर्न सके–नसकेको आत्ममूल्याङ्कन गर्नुपर्ने आवश्यकता औंल्याइन् । ‘पार्टीभित्रका विकृति र विसंगतिविरुद्ध म निरन्तर लडिरहन्छु । चन्द्र–सूर्य रहुन्जेल म सक्रिय रहन्छु,’ भण्डारीले भनेकी छन् ।
प्रतिक्रिया