काठमाडौं । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहँदा नेपालमा मनसुन केही कमजोर बनेको छ । तर, बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रिने क्रम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज (सोमबार) पनि बागमती, लुम्बिनी र कोशी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविदले जनाएका छन् ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी प्रदेशको तराई लगायत कोशी प्रदेश र बागमती प्रदेशको पहाडी भू–भागको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
सोमबार देशभर साधारणतया बदली रहनेछ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई र पहाडी भू–भाग लगायत देशको बाँकी पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी तराई भू–भागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेकोले नेपालमा मनसुन केही कमजोर रहेको छ । तथापि, बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रिने क्रम जारी रहेको महाशाखाको भनाइ छ ।
हाल देशभर साधारणतया बदली रहेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको छ भने कर्णाली प्रदेशका पहाडी भू–भागका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
प्रतिक्रिया