रैथाने परिषद्को बिशेष महाधिबेशन हुँदै

काठमाडौं । रैथाने एकता परिषद्को बिशेष राष्टि्य महाधिबेशन हुने भएको छ ।


काठमाडौमा बसेको साउन ३० देखी ३१ सम्म चलेको रैथानेको सचिवालय बैठकले बिशेष राष्टि्य महाधिबेशन गर्ने निर्णय गरेको प्रेष-विज्ञप्तिमार्फत जानकारी गराईएको छ ।
परिषद्का संयोजक सन्तोष बराइलीले जारी गरेको विज्ञप्तिमा देशमा नयाँ राजनीतिक अबस्था सिर्जना भएकाले बिशेष महाधिबेशन गर्न लागिएको जनाईएको छ ।


देशमा एकाएक प्रतिकृयावादी तत्व सक्रिय भएको , स्वार्थसिद्व नहुने भएपछि तिनै प्रतिकृयावादी तत्वहरूले मुलुकको संवैधानिक अङ्गहरूमाथी नियोजित प्रहार सुरू गरेको , संविधानमा उल्लेख रैथाने समुदायका हकअधिकार कार्यान्वयनका लागी राज्यले चासो नदिएको , पूर्वप्रधानमन्त्रि मुछिएको पतञ्जली जग्गा प्रकरण प्रभाबित गर्न षड्यन्त्र सुरू गरिएको लगायतका देशको समसामायिक राजनीतिक अबस्थालाई नियोजित रूपमा बिषयान्तर गर्न खोजिएको निष्कर्ष निकाल्दै दुईदिनसम्म काठमाडौंको भृकुटीमण्डपमा बसेको परिषद्को सचिवालय बैठकले बिशेष महाधिबेशन गर्ने निर्णय गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।


मधेशमा अनौपचारिक रूपमा सिके राउत नेतृत्वको तत्कालिन मधेश स्वराज नामक सङ्गठन खोलेर देश टुक्रयाउने पृथकतावादी गतिविधी तिब्र बनाएपछी त्यसको विरोधमा १० बर्षअघी सिरहाको लहानमा रैथाने एकता परिषद् स्थापना गरिएको थियो ।


देश टुक्रयाउने गतिविधी विरूद्व रैथाने परिषदले सभासमारोहसँगै रैथाने समुदायको हकअधिकारसम्बन्धी राज्य संवेदनशिल बन्नुपर्ने आवाज उठाएर आन्दोलन नै छेडेको थियो ।


पृथकतावादी गतिविधी विरूद्व मधेशमा रैथाने एकता परिषद् मैदानमै उत्रिएपछी सिके राउत राजनीतिक दल खोलेर मुलधारको राजनीतिमा आउन बिबश भएको बताईन्छ ।
सिकेको अभियानमा अधिकांस बिहारबाट नेपालको मधेश भुभागमा बसाई सरेर अङ्गिकृत नागरिकता लिएकाहरू पृथकतावादी गतिविधीमा संलग्न हुनेगरेका थिए ।


मधेश छुट्टै देश भएको भनेर रातीराती भौगोलिक रूपमा बिहारसँग सिमा जोडिएका नेपालमा पर्ने मधेशका ग्रामिण बस्तिहरूमा लुकिछिपी सभासमारोह गर्ने सिकेको उक्त अभियानमा संलग्न नवआगन्तुक नेपाली अङ्गिकृत मधेशीहरूलाई रैथानेमा लागेका बंशज मधेशीहरूले कार्वाही स्वरूप भौतिक आक्रमण नै सुरू गरेपछी सिकेको अभियानले अर्कै मोड लिएको बताईन्छ ।


तर , नवौँ महाधिबेशनबाट माधब कुमार नेपाललाई पराजित गरेर एमाले अध्यक्ष बनेका केपीशर्मा ओली प्रधानमन्त्रि बनेपछी भित्रि रूपमा नेपाल विरूद्व अघोषित नाकाबन्दि लगाएपछी भारतलाई प्रत्यक्ष काउण्टर दिन ओलीको प्रत्यक्ष निर्देशनमा मधेशमा रैथाने एकता परिषद् खोलेर सिके राउत लगायत मधेशवादी दलहरू विरूद्व गतिविधी गराएको आरोप लागेको थियो ।


संविधानसभाको पहिलो चुनावमा झण्डै दुईतिहाईको हाराहारीमा सभासद जितेर प्रधानमन्त्रि बनेका तत्कालीन नेकपा ( माओवादी ) अध्यक्ष पुष्पकमल दहालको महङ्गो पलङ् काण्डको समाचार लेखेर नेपाली पत्रकारिता क्षेत्रमा चर्चामा आएका एमाले निकट प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य पत्रकार भएपनि लडाकु श्वाभाबका बराइलीलाई उतिबेला प्रधानमन्त्रि ओलीले सिधै रैथाने एकता परिषद्को संयोजक बनाएका थिए ।


संयोजक नियुक्तहुनसाथ बराइलीको नेतृत्वमा लहानमा करिब १ हजार बाईक र्याली निकालेर राजमार्गमा रैथाने एकता परिषद स्थापनाको घोषणासँगै राउतको तत्कालिन पृथकतावादी गतिविधी विरूद्व आन्दोलन घोषणा पनि गरिएको थियो ।


एमालेको विधान महाधिबेशनको मुखमै भदौ १७ – १८ दुईदिन रैथानेले बिशेष महाधिबेशन गरिनुलाई अर्थपूर्ण ढङ्गले हेरिएको छ । महाधिबेशनमा देशभरबाट खासगरी मधेश प्रदेशबाट १ हजार प्रतिनिधी सहभागी हुने जनाईएको छ । राष्टि्यसभागृहमा चल्ने
महाधिबेशनको उद्घाटन प्रधानमन्त्रि तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने बताईएको छ ।
स्थापनाको १० बर्षयताबाट बराइलीले नेतृत्व गर्दैआएको रैथानेको भावी नेतृत्व नेपोलियन चेपाङ्ले गर्ने आन्तरिक सहमती जुटेको बताईएको छ ।