नेपाल आज अस्ट्रेलियासङ्ग भिड्दै

काठमाडौं । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजअन्तर्गत नेपालले आज आफ्नो दोस्रो खेलमा बङ्गलादेश ‘ए’ सँग प्रतिस्पर्धा गर्दैछ ।यो खेल डार्विनको मरारा क्रिकेट ग्राउण्ड २ मा नेपाली समयअनुसार दिउँसो २:१५ बजे सुरु हुनेछ ।

नेपाली टोलीको नेतृत्व रोहित पौडेलले गर्नेछन् भने बङ्गलादेश ‘ए’ को कप्तान नुरुल हसन हुन् । दुवै टोलीले आफ्नो पहिलो खेलमा हार बेहोरेका छन् । नेपाल एनटी स्ट्राइकसँग ४२ रनले पराजित भएको थियो भने बङ्गलादेश ‘ए’ लाई पाकिस्तान शाहीन्सले ७९ रनले हराएको थियो

दुवै टोली आज पहिलो जित हासिल गर्ने लक्ष्यमा छन् । गत सिजनको उपविजेता बङ्गलादेश ‘ए’ मा अन्तर्राष्ट्रिय अनुभव भएका र हालैको बङ्गलादेश प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरू समावेश छन् । 

२४ अगस्टसम्म डार्विन र पामरस्टनमा सञ्चालन हुने यो प्रतियोगितामा नेपालसहित ११ टोलीले ३६ लिग खेल खेल्नेछन् । नेपालले आगामी खेलमा मेलबर्न स्टार्स, होबार्ट हरिकेन्स, मेलबर्न रेनेगेड्स र पाकिस्तान शाहीन्ससँग प्रतिस्पर्धा गर्नेछ ।