आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

तेह्रथुम । लालीगुराँस नगरपालिका-७ खाल्डे गाउँ बस्ने ७३ वर्षीय अरत्र बहादुर लिम्बुको घरमा बिहीबार बिहान आगलागी हुँदा करिब ३ लाख ७० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।


प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।