प्रतिनिधिसभा बैठकमा साइबर सुरक्षा बिधेयक निर्णयार्थ प्रस्तुत गरिने

काठमाडौं । प्रतिनिधिसभा बैठक बस्दैँछ ।

संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ः०० बजेवाट सुरू हुनेछ ।

आजको बैठकमा सभामुख देवराज घिमिरेले ‘सुचना तथा प्रविधि तथा साइबर सुरक्षा बिधेयक, २०८२ माथी बिचार गरियोस्’ भन्ने प्रस्तावलाई निर्णायार्थ प्रस्तुत गर्नेछन् ।

साथै, भौतिक पुर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले ‘राष्ट्रियसभामा उत्पति भएको पानी जहाज (सञ्चालन तथा ब्यवस्थापन) बिधेयक, २०८१ लाई दफावार छलफलको लागि सबन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।