काठमाडौं । म्याट्रिक्स फाइट नाइट (एमएफएन) बान्टमवेट च्याम्पियन बन्न सफल भएका बझाङका रवीन्द्र ढाँटलाई प्रोत्साहन स्वरुप पाँच लाख प्रदान गरिने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज सामाजिक सञ्जाल फेसबुकबाट सो जानकारी दिएका हुन् । प्रधानमन्त्रीले च्याम्पियन ढाँटका प्रशिक्षकलाई दुई लाख रूपैयाँ प्रदान गरिने निर्णय भएको जानकारी पनि दिएका छन् ।
गत शनिबार भारतमा भएको प्रतिस्पर्धामा रवीन्द्रले भारतका च्याम्पियन चुनरेङ कोरेनलाई पराजित गरे पछि उनी चर्चाको शिखरमा रहेका छन् ।
प्रतिक्रिया