संसद भवनमा सभामुख सामु अनसन बस्ने मोदीको चेतावनी

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले हुलाकी सडक नबनेकोमा आक्रोश ब्यक्त गरेका छन् ।

उनले आफ्नो माग सम्बोधन नभएमा संसदमा नै अनसन बस्नेसमेत चेतावनी दिएका छन् ।आफूले पटक पटक सो बिषय उठान गरे पनि सम्बोधन नभएको भन्दै अनसनको चेतावनीसमेत दिएका छन् ।

 ‘हुलाकी सडक कटहरीको खण्ड निर्माण हुन थालेको १० वर्ष हुन थालिसक्यो, आजसम्म बनेको छैन, जनताले सडकमा धान रोपाइँ गर्दैछन् । रकारलाई रुलिङ हुनुपर्‍यो । एउटै कुरा मैले कतिचोटी उठाउनुपर्ने ? सभामुखबाट रुलिङ भएन भने म तपाईँको अघि अनसन बस्छु,’ उनले भने ।