कैलाली कारागार झडपकाे बिषय संसदमा प्रवेश

काठमाडौं । कैलाली कारागारमा भएको झडपको बिषयले संसदमा प्रवेश पाएको छ ।

गत शुक्रबार राति भएको झडपको विषय प्रतिनिधिसभा बैठकमा प्रवेश पाएको हो ।

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रकी सचेतक रुपा शोशी चौधरीले कारागारमा भएको झडपको विषय संसद्‌मा उठाएकी हुन् । उनले भनिन्, ‘सभामुख महोदयमार्फत म गृहमन्त्रीज्यूलाई यो घट्नाको निष्पक्ष छानबिन गरियोस् भन्न चाहन्छु । दोषीमाथि कारबाही होस् । कारागार सुरक्षा र मानव अधिकारको तत्काल ग्यारेन्टी गरियोस् ।’

सो झडपमा परी कैदीबन्दीको आक्रमणमा परी एक जना भरत चौधरीको मृत्यु भएको थियो भने ४९ जना कैदीबन्दी घाइते भएका थिए ।

उनले कारागारमा सुरक्षा र मानव अधिकारको ग्यारेन्टी गर्न माग गरिन् ।