धनुषसँगको ‘अफेयर’ बारेमा मृणाल ठाकुरले मुख खोलिन्, ‘हास्याँस्पद र झुटो’

मुम्बई। हालै साउथ सुपरस्टार धनुष र अभिनेत्री मृणाल ठाकुरको लिंकअपको बारेमा धेरै खबरहरु बाहिर आएका थिए । 

धनुष मृणालको जन्मदिनको पार्टीमा देखिएका थिए । यस क्रममा उनीहरु एकअर्काको हात समातेको देखियो । अहिले मृणाल आफैंले यी समाचारमा प्रतिक्रिया दिएकी छिन् ।

ओन्ली कलिउडको रिपोर्टका अनुसार मृणालले हालै धनुषसँगको आफ्नो अफेयरको खबरमा पहिलो पटक प्रतिक्रिया दिएकी छिन् । उनले धनुषलाई असल साथी मात्रै भनेकी छिन् । मृणालले आफू र धनुषलाई यी अफवाह हास्याँस्पद लागेको बताए । अजय देवगनले धनुषलाई ‘सन अफ सरदारः२’ को प्रिमियरमा बोलाएको पनि मृणालले बताइन् ।

मृणाल ठाकुरले भनिन्, ‘धनुष र म असल साथी हौँ । अहिले मेरो र उहाँको सम्बन्धलाई लिएर विभिन्न खालका खबरहरु चलिरहेका छन् । मैले तिनी समाचारहरू देखे। यो धेरै हास्याँस्पद थियो। सन अफ सरदार २ को कार्यक्रममा धनुष उपस्थित थिए । कसैले गलत नबुझ्नु होला । उनलाई अजय देवगनले निम्तो दिएका थिए ।’

केही समय अघि न्युज १८ ले मृणाल र धनुषको अफेयरको खबरलाई स्रोतलाई उद्धृत गर्दै सार्बजनिक गरेको थियो । उसले लेखेका थियो, ‘हो, यो सत्य हो कि दुवैजना डेट गरिरहेका छन् । तर उनीहरुको सम्बन्ध अझै नयाँ छ र उनीहरुले यसलाई आधिकारिक रुपमा सार्वजनिक गर्दैनन् । उसलाई बाहिर घुम्ने र देख्ने कुनै तनाव छैन। उनका साथीहरूलाई थाहा छ।’  तर, अहिले अभिनेत्री मृणाल आफैंले यी समाचारलाई झुटो भनेकी छन् ।

वर्कफ्रन्टको कुरा गर्ने हो भने मृणाल फिल्म ‘सन अफ सरदारः२’ मा देखिएकी थिइन् । अहिले पनि यो फिल्म हलमा छ । यो फिल्ममा अजय देवगन, नीरु बाजवा, रविकिशनजस्ता स्टार पनि छन् ।