काठमाडौं। पत्रकार सन्दिप राई राष्ट्रिय समाचार समिति (रासस) को महाप्रबन्धक पदमा नियुक्त भएका छन् ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई राससको महाप्रवन्धक पदमा नियुक्त गरेको हो ।
दुई दशकदेखि पत्रकारितामा सक्रिय राई पाँचथरको फालेलुङ गाउँपालिका–३ का स्थायी बासिन्दा हुन् । मोफसल र काठमाडौँमा विभिन्न सञ्चारमाध्यममा काम गरेको उनीसँग अनुभव रहेको छ ।
प्रेस चौतारीका केन्द्रिय सदस्यसमेत रहेका राईले अब ४ बर्षे कार्याकाल चलाउँछन्। यसअघिका महाप्रबन्धक सिद्दराज राईको कार्याकाल सकिए पछि उनी नियुक्त भएका हुन् ।
प्रतिक्रिया