काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज)ले पत्रकारहरूलाई सम्मान तथा पुरस्कृत गर्ने भएको छ।
फोनिजका महासचिव समीर बलामीले आज एक विज्ञप्ति जारी गर्दै फोनिज स्थापना दिवसको अवसरमा भोलि ४ जना पत्रकारलाई सम्मान गर्नुका साथै ३ पत्रकारलाई पुरस्कृत गर्ने निर्णय भएको जानकारी दिएका हुन्।
फोनिज राष्ट्रिय पत्रकारिता सम्मान निवर्तमान अध्यक्ष समेत रहेका गजुरधन राई र अमरध्वज लामालाई प्रदान गरिनेछ। प्रवास सम्मान मोक्ष गुरुङलाई र फोनिज मातृभाषा सम्मान ‘कोचिला समाद’ राजवंशी त्रैमासिकलाई दिइने भएको छ।
फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार सविन प्रियासान (छापा), मुनेस लायो मगर ( अनलाइन) र बन्दना दनुवार ( रेडियो) लाई प्रदान गरिने भएको छ। सम्मान तथा पुरस्कार संस्थाको भोलि हुने २६ औं स्थापना दिवसको कार्यक्रममा वितरण गरिने महासचिव बलामीले जानकारी दिएका छन्।
प्रतिक्रिया