हाम्रो भुमी रूसलाई दिने सर्तमा युद्दबिराम हुदैँन्ः जेलेन्स्की

किभ । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसलाई कुनै पनि हालतमा युक्रेनलाई दोस्रो पटक विभाजन गर्न नदिने बताएका छन् ।

एक्समा भिडियो पोस्ट गर्दै उनले रुसलाई जमिन दिएर नभई न्यायपूर्ण र निष्पक्ष रुपमा युद्ध अन्त्य गरेर मात्र शान्ति आउन सक्ने पनि प्रस्ट पारेका छन् ।

जेलेन्स्कीले भने, ‘हामी विभाजनको यो दोस्रो प्रयासलाई विफल पार्नेछौं। हामी रूस जान्दछौं, जहाँ दोस्रो विभाजन हुन्छ, त्यहाँ तेस्रो पनि हुन्छ। त्यसैले हामी आफ्नो अडानमा अडिग छौं । युद्ध शान्ति र बलियो सुरक्षा ढाँचाको साथ समाप्त हुनुपर्छ।’

वास्तवमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन अगस्ट १५ मा अलास्कामा भेट्न लागेका छन् । युद्ध अन्त्य गर्ने विषयमा छलफल हुने भएको छ । ट्रम्पले यसअघि युद्ध अन्त्य गर्न केही क्षेत्र साटासाट गर्नुपर्ने बताएका थिए। ट्रम्पको सो सर्त जेलन्सकीले अस्विकार गरेका हुन् ।

ट्रम्प यसपछि युक्रेनी राष्ट्रपति भ्लादिमार जेलेन्स्कीसँग पनि त्रिपक्षीय वार्ता गर्न चाहन्छन्। उनीहरु यस वार्तामा पुटिनलाई पनि समावेश गर्न चाहन्छन् ।

अमेरिका र रुसका राष्ट्रपतिहरूबीचको अन्तिम भेट सन् २०२१ जुनमा भएको थियो। त्यसबेला तत्कालीन अमेरिकी राष्ट्रपति जो बाइडेन र पुटिनबीच जेनेभामा भेट भएको थियो। ४ वर्षपछि हुन लागेको यो बैठकका सम्बन्धमा ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले बुधबार भनेकी थिइन् ।

रुसले ट्रम्पलाई भेट्ने इच्छा व्यक्त गरेको छ । ट्रम्प पुटिन र जेलेन्स्की दुवैसँग भेट्न तयार छन्।