इस्लामबाद । पाकिस्तानी सेना प्रमुख फिल्ड मार्शल असिम मुनिर यसै साता फेरी अमेरिका भ्रमणमा जाने भएका छन् ।
उनी सेन्टकम (केन्द्रीय कमाण्ड) को नयाँ प्रमुखको नियुक्ति समारोहमा सहभागी हुनुहुनेछ । दुई महिनामा उनको यो दोस्रो अमेरिका भ्रमण हो । यसअघि उनले जुन १४ मा वासिङ्टन डिसीमा अमेरिकी सेनाको २५० औँ वार्षिकोत्सव समारोहमा भाग लिएका थिए ।
यस बाहेक मुनीरले ह्वाइट हाउसमा राष्ट्रपति ट्रम्पसँग दुई घन्टा लन्च भेट गरेका थिए । यो बैठक बन्द कोठामा भएको थियो । अमेरिकी राष्ट्रपतिले पाकिस्तानी सेना प्रमुखको आतिथ्यता गरेको यो पहिलो पटक हो । ट्रम्पले भारत माथी ५० प्रतिशत कर लगाएकाे अवस्थामा पुनः मुनिरकाे अमेरिका भ्रमण हुन लागेकाे हाे ।
मुनीरले मे महिनामा भारत र पाकिस्तानबीचको द्वन्द्व रोक्न ट्रम्पलाई श्रेय दिएका थिए । ट्रम्पलाई नोबेल पुरस्कारका लागि पनि मनोनयन गरिएको छ। पाकिस्तानले अमेरिकाको सेन्ट्रल कमाण्डका प्रमुख जनरल माइकल कुरिल्लालाई देशको सर्वोच्च सैन्य सम्मान निशान ए इम्तियाजले सम्मान गरेको छ।
गत महिना इस्लामाबादको राष्ट्रपति भवनमा आयोजित एक समारोहमा राष्ट्रपति आसिफ अली जर्दारीले उक्त सम्मान प्रदान गरेका थिए। जनरल कुरिल्लालाई यो सम्मान क्षेत्रीय शान्ति प्रवर्द्धन र पाकिस्तान(अमेरिकी सैन्य सम्बन्धलाई सुदृढ बनाएकोमा प्रदान गरिएको हो। जनरल कुरिल्लाले पाकिस्तानी राष्ट्रपति जरदारी र सेना प्रमुख असिम मुनिरसँग भेट गरेका थिए ।
प्रतिक्रिया